इलामा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६९९ पुग्यो


इलाम, १२ असोजः इलाममा आज थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका १५ जना सँगै इलाममा संक्रमितको संख्या ५६९९ पुगेको छ ।

आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकामा ३ महिला ४ पुरुष, सूर्योदय नगरपालिकामा १ महिला र २ पुरुष, देउमाई नगरपालिकामा १ महिला र २ पुरुष, रोङ गाउँपालिकामा १ महिला र सन्दकपुर गाउँपालिकामा १ पुरुष रहेका छन् । 

इलाममा कोरोना संक्रमणको कारण १२७ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले १९९ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment