दुई दशकमा नेपालमा मुटुरोगका बिरामी तीन गुणाले बढे

काठमाडौं ।  पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ ।

उहाँका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको बताउँदै मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ । नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको छ ।

नेपालमा १८ वर्षमाथिका ३५ प्र्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ । डा। रेग्मीले विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्षभित्रका एक प्रतिशतलाई बाथ मुटुरोग रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन् । यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन् ।

डा। रेग्मीले जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख तìव रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढेको जानकारी दिनुभयो । यो खबर आजको गोरखापात्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment