उपचारका लागि वर्षमान पुन थाइल्याण्ड उडे

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

उनी उपचारका लागि बुधबार बिहान हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गरेक हुन् । उनीसँगै पुनपत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड प्रस्थान गरेकी छन् ।

उनीहरु बिहान ७ बजेको फ्लाइटमार्फत उडेको बताइएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेको नेता पुन बंशाणुगत जण्डिसबाट पीडित छन् ।

वरिष्ठ चिकित्सकको सुझाव अनुसार नेता पुन बैंकक प्रस्थान गरेका हुन् । उनको यसअघि २०७२ मा पनि उही रोगको उपचार थाइल्याण्डमै गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment