इलामको नेपालटारमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु


इलाम १३ असोजः इलामको नेपालटारमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मेचीराजमार्गको नेपालटार खण्डमा झापाबाट पाँचथर तर्फ जाँदै गरको ना ५ ख ४९८७ नम्बरको ट्रकले सोही दिसातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४७१ नंम्बरको ट्रकका सहचालकलाई ओट लागाउँने क्रममा ठक्कर दिन सहजचालकको मृत्यु भएको हो । 

ताप्लेजुङ पाथिभरा याङबरक गाँउपालिका ६ खुम्बेदिन घरभएका सहचालक राजेश नेपालको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय इलाममले जानकारी गराएको छ । 

दुई वटै ट्रक र चालक पाँचथर हिलिहाङ गाँउपालिका ७ बस्ने सुकमान राईलाई नियन्त्रणमा लिएको तथा शबको कानुनी प्रकृया पुरा गरी पोसमार्टमको लागी इलाम अस्पतालमा ल्याई राखेको  जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment