इलाम अस्पताललाई सहयात्रा नेपालद्वारा स्वास्थ्य उपकरण सहयोग


इलाम, १३ असोजः इलाम अस्पताललाई सहयात्रा नेपाल संस्थाले  स्वास्थ्य उपकरण  प्रदान गरेको छ । इलाममा रहेको संस्थाले  एक कार्यक्रमका उक्त बीच प्यासेन मनिटर हस्तान्तरण गरेको छ । संस्थाले ५ थान ५ पाराको मल्टिफङ्गसन प्यासेन मनिटर उपलब्ध गराएको जनाएको छ । 

कोभिड कार्यक्रम अन्र्तगत इलाम अस्पताललाई सामाग्री उपलब्ध गराएको संस्थाको संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले बताउनु भयो । कोभिड १९ महामारी नियन्त्रणमा सहयोग गर्न संस्थाले विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराउदै आएको शिवाले बताउनु भयो । फेण्डस् अफ युकेकोे आर्थिक सहयोगमा पाँचलाख बराबरको सामाग्री हस्तान्तर गरिएको संस्थाले जनाएको छ ।  

  सामाग्री हस्तान्तरण कार्यक्रमका  प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले अस्पतालमा उपचार गर्न आउने नागरिकको लागि महत्वपुर्ण सामाग्री उपलब्ध गराएको  बताउनु भयो । बरालले  सहयोगी संस्था फेण्डस अफ युके र सहयात्रा नेपाललाई धन्यावाद ज्ञापन गर्नु भएको छ । अस्पतालका निमित्त प्रमुख डाक्टर विश्रुत सापकोटाले कोभिड महामारीको बेला र अन्य समयमा समेत विरामीको उपचारमा आवश्यक उपकरण उपलब्ध गराएको  भन्दै अस्पतालले सदुप्रयोग गर्ने बताउनु भयो । 

सहयात्राले यस अघि इलाम अस्पताललाई कोरोना परिक्षण र महामारी नियन्त्रणमा सहयोग पुर्याउन एन्टिजेन किट , सक्सन मेसिन , पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिइ )  लगायतका सामाग्री उपलब्ध गराएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment