प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

 

काठमाडौँ । प्रदेश २ को मूख्य मन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको हो ।

प्रदेशबाट चलाएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छात्राहरूलाई वितरण गरिएको साइकल खरिदमा अनिमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ ।

आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment