धनकुटामा २८ हजार नक्कली नोटसहित एक जना पक्राउ

धनकुटा । धनकुटामा २८ हजार नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका-९ मुलघाटमा चेकजाँचका क्रममा सोमबार राति प्रहरीले एक हजार दरका २८ वटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो ।

नक्कली नोटसहित धनकुटा-१ हिलेका एक युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरिएका सबै नोटको नम्बर एउटै रहेको जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले विस्तृत विवरण खुलाएको छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment