५० अंकले बढ्यो सेयर बजार, ५ अर्बको कारोबार

काठमाडौँ । केहीदनि यता लगातार ओरालो लागेको सेयर बजारमा बुधबार हरीयाली छाएको छ । बुधबार नेप्से सूचक ५०.५८ अंकले बढेर २६६५.९४ विन्दुमा आइपुगेको छ ।

दिनभरीको कारोबारबारमा २ सय २९ कम्पनीका ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । ८ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथिदेखि सर्किट लाइनसम्म पुग्ने गरी वृद्धि भएको छ ।

त्यस्तै बैंकको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ४० पैसाले बढेर ३८९ रुपैयाँ ४० पैसा पुगेको छ ।

बुधबार कालिका माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीहरु धेरै बढ्नेको शिर्ष स्थानमा देखिएका छन् ।

दिन २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment