बोलेरो दुर्घटना, ३ जनाको मृत्यु

मन्थली । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बाेलेराे रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर-६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरी जनाएकाे छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको छन् ।

ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ । अर्का एक जनाको भने पहिचान खुलेकाे छैन ।  घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन् । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment