मुलुकभर थप १०६६ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

 

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३८५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५४० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ३५ जना र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७२ हजार ८०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२३४ जना कोरोनामुक्त भए, १६ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २३४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३८५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख २० हजार ७९० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment