जलवायु परिवर्तनसम्बन्धी सचेतनामूलक प्रदर्शन कार्यक्रम सम्पन्न

 

असोज । बगनासकाली युवा संगमको आयोजनामा र सामाजिक स्रोत विकास केन्द्र पाल्पा र एक्सन एड नेपालको सहकार्यमा शनिबार बगनासकाली–३ आर्यभञ्याङ्मा जलवायु परिवर्तनसम्बन्धी सचेतनामूलक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा युवा संगमका युवा युवतीहरुद्धारा आर्यभञ्याङ वजार विभिन्न जलवायू परिवर्तनसम्बन्धीका विभिन्न सचेतनामूलक नारा लेखिएका प्लेय कार्ड, व्यानर सहित नारवाजी लगाउदै परिक्रमा गरेका हुन् । ​

​कार्यक्रमलाई सम्बोधन गर्दैँ कार्यक्रमका युवा स्वयंम सेवी संयोजक सुनिता गाहाले जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न स्थानीय तहबाट हामी सबैले पहल गर्नुपर्ने कुरालाई जोड दिदै जलवायु परिवर्तन भनेको के हो ? यसका कारणहरू के के हुन सक्छन् ? यसले विश्वमा पारेको नकारात्मक असरहरु र यसलाई न्यूनिकरण गर्न युवा बर्गको के कस्तो भुमिका रहन्छ भन्ने बिषयमा समेत सुनिता गाहाले बताएकी थिइन्।

कार्यक्रममा सहभागी भएकी बगनासकाली ८ बराङ्दी कि सुजाता बस्यालले आजको प्रर्दशन कार्यक्रम प्रभावकारी भएको र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न आफुबाट सुरु गरि परिवार साथीहरुलाई र समूदाय स्तरमा सिकेको कुरा व्यबहारमा लागू गर्नु पर्ने भन्दै आजको प्रर्दशन कार्यक्रमको उदेश्य केहीमात्रामा भए पनि सफल भएको बताइन् ।

त्यस्तै पत्रकार सन्तोष गहतराजले यो कार्यक्रम समय सान्र्दभिक भएको र जलवायू परिर्वतनले गर्दा नै देशव्यापी रुपमै विभिन्न प्राकृतिक प्रकोपहरु झेल्नु परेको वताउदै यस्ता कार्यक्रममा पत्रकारहरुको तर्फवाट पचार प्रसारमा कुनै कमि नहुने वताए ।

परिक्रमा सकिएपछि कार्यक्रमको अन्त्यमा सम्पुर्ण युवा तथा किशोरीहरुले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न म आजै देखि लाग्छु भन्दै प्रतिबद्धता ब्यक्त र्गदै सामुहिक रुपमा प्रतिबद्धता व्यानरमा हस्ताक्षर गरेर कार्यक्रम समापन भएको होे ।

कार्यक्रममा ३५ जना युवाहरु सहभागी रहेको वताउदै कार्यक्रमको उदेश्य र कार्यक्रम गर्नुको कारण बताउदै यस कार्यमा युवाहरु मात्र नभई समुदाय स्तरवाटै लाग्नु पर्ने युवा स्वंयमसेवक मनोज घिमिरेले बताए । शकुन्तला सुनारको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन युवा स्वयंसेवक सुशिल बस्यालले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment