इलाममा एक संक्रमितको मृत्यु, तीन संक्रमित थपिए


इलाम, २ असोजः कोरोना संक्रमितको लहर देश भरी कमी भई रहेको वेला इलामा पनि केहि दिन देखि बढेको संक्रमण दर आज भने घटेको छ । इलामा आज एक संक्रमितको मृत्यु भएको छ भने तीन संक्रमित थपिएका छन् । 
आज फाकफोकथुम गाउँपालिकामा एक जनाको मृत्यु भएको छ यो सँगै इलामा मृत्यु हुनेको संख्या १२५ पुगेको छ । 
इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकामा १ महिला र १ पुरुष र फाकफोकथुम गाउँपालिकामा १ पुरुष रहेका छन् । इलामा संक्रमितको संख्या ५५१५ पुगेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment