उच्च अदालत विराटनगरको गेट अगाडि व्यवसायी लामामाथि खुकुरी प्रहार

विराटनगर । उच्च अदालत विराटनगर को गेट अगाडि काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार भएको छ । ब्यवसायी लामामाथि आइतबार (आज) विराटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

मोरङ प्रहरीका अनुसार कार्कीले आज दिउँसो उच्च अदालतको गेट अगाडि ब्यवसासी लामालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । कार्कीले ब्यवसायी लामाथि खुकुरी प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

कार्कीको खुकुरी प्रहारबाट घाइत भएको ब्यवसायी लामा विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment