घटेन इलामा कोरोना संक्रमणको ग्राफ, आज थप २४ जनामा संक्रमण


इलाम, १० असोजः देशभरी कोरोना संक्रमणको ग्राफ घटेको समयमा पनि इलाममा भने संक्रमण घटेको छैन । इलाममा आज पनि २४ जनामा संक्रमण देखिएको छ । आज थपिएका २४ संगै इलाममा संक्रमितको संख्या ५६६९ पुगेको छ ।

आज संक्रमित हुनेहरुमा सूर्योदय नगरपालिकामा ३ महिला र ९ पुरुष, इलाम नगरपालिकामा ३ महिला र ४ पुरुष, माङसेवुङ गाउँपालिकामा ३ महिला, रोङ गाउँपालिकामा १ महिला र माइजोगमाई गाउँपालिकामा १ पुरुष रहेका छन् ।

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण १२७ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले २३९ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment