खनालले इलाम एक आउने नैतिक हैसियत गुमाएःअध्यक्ष राना

  • सोम घिमिरे  


माई, १० असोजः  नेकपा एमाले इलामका अध्यक्ष एवम् प्रदेश नम्बर १ का पूर्व भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले   झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ मा जनता संग आउने नैतिक हैसियत गुमाएको दावी गरेका छन् । 

राष्ट्रिय युवा संघ नेपाल माई नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष रानाले अब खनाल भोट माग्दै इलाम आए जनमत नलिई काठमाडौं फर्कने ठोकुवा गरेका हुन । जनताले नेकपा एमालेको सूर्य चिन्हमा दिएको जनमतलाई झलनाथ खनालले अपमान गरेको भन्दै सुखि नेपाली, सम्वृद्ध नेपाल बनाउन नेकपा एमालेको युवा संघ सक्षम रहेको धारणा राखेका थिए ।  

अध्यक्ष रानाले १४ हजार सडक र धनीपुर्जा पाउने नागरिकको अधिकार समेत बर्तमान परमादेश सरकारले खारेज गरेको आरोप पनि लगाएका छन् । उनले भने “अहिलेको सरकार गतिछाडा हो, नेपाली जनता भारतले मार्दै गर्दा एक शब्द पनि बोल्न नसक्ने” ।

कार्यक्रममा बोल्दै विशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल ईलामका अध्यक्ष अरुण बरालले आम युवाहरुको भरोसा एमाले भएकाले युवा संघ र युथ फोर्समा समाहित हुन आग्रह आग्रह गरे । 

कार्यक्रमा माई नगरपालिकाका नगर प्रमुख दिप कुमार थेवे, एमाले जिल्ला कमिटी सदस्य रत्न बहादुर अधिकारी, बिष्णु माया आचार्य, मेघनाथ गिरि हेम लायो मगर, कुमार लिम्बु लगायतले आफ्ना कुरा राखेका थिए । 

युवा संघ नेपाल माई १ का अध्यक्ष कृष्ण राईको अध्यक्षता भएको थियो भने सचिब संगम सुब्बाको कार्यक्रममा सञ्चालन गरेका थिए ।  

बिस्तारित भेला तथा प्रशिक्षण कार्यक्रममा बिक्रम फागोको अध्यतामा ५१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल माई १वडा कमिटी र चन्द्र बहादुर राईको अध्यक्षतामा २१ सदस्यीय युथ फोर्स वडा कमिटि गठन गठन गरिएको थियो ।


 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment