पशुपतिका बाबामाथि खुकुरी प्रहार, बाबा भन्छन्- ‘माल निकाल भन्यो छैन भन्दा खुकुरी हान्यो’

काठमाडौं । पशुपतिनाथको मन्दिर परिसरमा एक बाबामाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान परिसरमा रहेको बाबा सन्तोषमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

उनीमाथि गाँजा माग्दै एक व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतले भन्यो, ‘बाबालाई पहिला एक व्यक्ति आएर माल (गाँजा) निकाल भन्दै भनिएछ । त्यसपछि बाबाले छैन भन्दा खुकुरी प्रहार गरि सो व्यक्ति फरार भएछन्।’

प्रहरीका अनुसार बाबा सन्तोष हिन्दी मात्रै बोल्छन् । ३५ वर्षका बाबा सन्तोष बिहान विश्वरुपा मन्दिर नजिकै शौचालयतर्फ जाँदै थिए । सोही समयमा उनीमाथि खुकुरी प्रहार भएको हो ।
उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment