नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेलेको छ । नेपाल र भारतबीच आज भएको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ ।

बिहीबार भएको खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।

खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा थापाले गोललाइनबाट पोस्टको जाली चुमाएका थिए ।

नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment