मुलुकभर थप २००४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६१९ जना र ३ हजार ९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५० हजार २०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८४६ जना कोरोनामुक्त भए, १६ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८४६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६५० जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख १३ हजार ६७६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment