इलाममा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६७ पुग्यो


इलाम, १७ भाद्रः दोस्रो लहरको कोरोना संक्रमण देशभरी नै देखिएको लामो समय सम्म पनि इलाममा संक्रमणको नियन्त्रण हुन सकेको छैन । इलाममा आज मात्र १६ जनामा संक्रमण देखिएको छ । आज थपिएका १६ जना संगै इलाममा संक्रमितको संख्या ५१६७ पुगेको छ । 

आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकामा ७ महिला र ४ पुरुष, देउमाई नगरपालिकामा १ महिला र ३ पुरुष र सूर्योदय नगरपालिकामा १ पुरुष रहेका छन् । 

कोरोना संक्रमणको कारण इलाममा अहिले सम्म ११८ जनाले ज्यान गुमाइ सकेका छन् । इलामा अहिले ४४६ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ४३२ जना होम आइशोलेशनमा, ७ जना सामन्य उपचारमा र ७ जना आई.सी.यु. मा उपचार भईरहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment