काठमाडाैँ उपत्यकामा निषेधाज्ञा पूरै हट्यो, फिल्म हल र दोहोरी साँझसमेत खोल्न पाइने

काठमाडाैँ । काठमाडाैँ उपत्यकामा आजदेखि निषेधाज्ञा पूरै हटाइएकाे छ । तर थप केही आदेश भने जारी भएको छ ।

काठमाडाैँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले निषेधाज्ञा शब्द नराखेर कोरोना सङ्क्रमण रोकथामका लागि थप आदेश भन्ने शब्द प्रयाेग  गरेका हुन् । आजदेखि फिल्म हल, दोहोरी साँझ, डान्स बार लगायतका मनोरञ्जनात्मक क्षेत्र तथा जिमखाना, फुटसल लगायतका क्षेत्र पनि स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ ।

तर भदौ मसान्तसम्म जात्रा, सभाजुलुस, महोत्सव, भोजभतेर गर्न पाइने छैन । चाडपर्वहरु साङ्केतिक रुपमा मनाउन र व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यस्तै, काठमाडाैँ उपत्यकाका विद्यालय खोल्ने-नखोल्ने निर्णय पालिकाले नै गर्ने भएका छन् । काठमाण्डौ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाको सङ्क्रमणदर न्यून भइरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने र यसको निर्णय भने पालिकाले नै गर्न सक्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment