निको भएर घर फर्किए मोहन वैद्य ‘किरण’


काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन् । दमको समस्या देखिएपछि उनी केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

गएको आइतबार नर्भिकको आकस्मिक कक्षमा भर्ना भएका उनको पछिल्लो समय स्वास्थ्यमा सुधार भएपछि उनी डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्थाप्रति उपराष्ट्रपति नन्दबहादुर पुनसहित अन्य नेताहरुले चासो देखाएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment