इलाम । प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न इलाम र पाँचथर आउनुभएको छ । 

प्रधानमन्त्री देउवाले सरकारले यसअघि  घोषणा गरेको  राहत प्याकेजमा अबको मन्त्रिपरिषद्को बैठकबाट बाढी तथा पहिरो पीडितलाई विशेष थप राहत प्याकेज ल्याउने बताउनुभयो ।  

फाल्गुनन्द गाउँपालिका –३ चिम्फुलास्थित जलसिङ मा बि को प्राङ्गणमा भएको भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवाले बाढी पहिरो पीडितहरूको लागि अस्थायी र स्थायी राहत प्याकेज ल्याउने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले  इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण समेत गर्नुभयो । 

प्रधानमन्त्रीले यसअघि इलामको माङ्सेबुङ गाउँपालिका–६ को चिसोपानी र पाँचथरको  मिक्लाजुङ –६ को स्थलगत निरीक्षण गर्नुभएको थियो ।  

निरीक्षणमा ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत हुनुहुन्थ्यो ।  

इलाममा बाढी पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् । 

यसैबीच, फाल्गुनन्द गाउँपालिका–३ का पहिरो प्रभावितले तत्काल बासको व्यवस्था मिलाउन माग प्रधानमन्त्री समक्ष माग गरेका छन् । त्यहाँका पहिरो प्रभावित १ सय ५० भन्दा बढी विस्थापित विद्यालयमा बस्दै आइरहेका छन्  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment