पहिलो खेलमा नेपाल इरानसँग ४–० ले पराजित

 

काठमाडौं । एएफसी यू २३ एशियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार (आज) रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

यो हारसँगै नेपालको अर्को चरणमा जाने यात्रामा धक्का लागेको छ । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहो¥यो ।

खेलको ४७ औं मिनेटमा इरानले गोल गर्न सफल भयो । त्यस्तै खेलको ७७ औं मिनेटमा इरानले खेलमा दुई शून्यको अग्रता लियो । त्यसको दुई मिनेटपछि नेपालले तेस्रो गोल खायो ।

साथै खेलको अन्तिममा इरानले नेपालविरुद्ध थप गोल गर्दै खेलमा ४–० को अग्रता बनायो । पुरै खेलमा नेपाली गोलकिपर अर्पण कार्कीको प्रदर्शन उत्कृष्ट रहेको थियो । कार्कीले इरानका आधादर्जन भन्दा बढी शसक्त प्रहारलाई बचाएका थिए ।

यो जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment