पाँचथर बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या चार पुग्यो


पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका कुम्मायक गाउँपालिकाका प्रमिला देवान, निश्चल देवान, आशिका मगर र मोरङका प्रज्वल मगरको मृत्यु भएको हो ।

चिकित्सकले उनीहरुलाई केही समय अगाडि मात्रै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । त्यस्तै उक्त दुर्घटनामा गम्भीर घाइते भएका १५ जनालाई हेलिकोप्टरमार्फत् वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरिएको छ ।

त्यस्तै बाँकी गम्भीर घाइतेहरुलाई पनि घाइतेका परिवारले इच्छाएका अस्पतालहरुमा हेलिकोप्टरमार्फत् थप उपचारका लागि लाने तयारी भइरहेको बताइएको छ । फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो ।

अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरु घाइते भएका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment