‘इलामको देउमाईमा धामी हुँ’ भन्दै श्रीमती, छोरी र घरमा पालेको कुकुरको हत्या गर्ने पक्राउ


इलाम, ९ कार्तिक । ‘धामी हुँ’ भन्दै श्रीमती, छोरी र घरमा पालेको कुकुरको समेत हत्या गर्ने एक जनालाई प्रहरीको पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामका पूर्णचन्द्र तामाङ रहेका छन् ।

देउमाई नगरपालिका – ५ का ३४ वर्षीय कमल भनिने तामाङले ३५ वर्षीया श्रीमती सीता, १५ वर्षीया छोरी दीक्षा तामाङ र घरमा पालेको कुकुरको समेत हत्या गरेको इलाम प्रहरीले जनाएको छ ।

आफू धामी रहेको भन्दै उनले श्रीमती र छोरीलाई हत्या गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । तामाङले श्रीमती र छोरीको गएराति नै हत्या गरेको भए पनि स्थानीयले खबर गरे पछि प्रहरीले बिहान मात्र थाहा पाएको थियो ।

तामाङलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment