ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

 

महोत्तरी । महोत्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका–१ भप्सिपुलस्थित सडकमा ना।६ ख १३४० नम्बरको ट्रकले प्रदेश २–०२–००२ प १३४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–३ बस्ने ३० वर्षीय डिल्लीराम कट्टेल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवास हुँदै मेडिसिटी अस्पताल नख्खु ललितपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–१ बस्ने २८ वर्षीय मिलम श्रेष्ठको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचार भइरहेको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment