दक्षिण अफ्रिकामा कोरोनाको हालसम्मकै खराब नयाँ भेरियन्ट फेला, ६ देशका उडानमाथि प्रतिबन्ध



काठमाडौं । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला परेकाे छ । त्यहाँका विज्ञहरुले दक्षिण अफ्रिकामा देखिएको नयाँ कोरोनो भाइरसको भेरियन्ट अहिलेसम्मकै खराब फेला परेको दाबी गरेका छन् ।

विज्ञहरका अनुसार दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायती पर्यटकहरू धमाधम घर फर्किरहेका छन् ।

‘बी.१.१.५२९’ नाम दिएर मंगलबार पुष्टि गरिएकाे उक्त नयाँ भेरियन्ट धेरै संख्यामा उत्परिवर्तित भएको बताइएको छ । साथै, अहिले प्रयोगमा आएका कोरोनाविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि विज्ञहरुले बताएका छन् ।

यसरी अहिलेको खोपले अहिलेको कोरोनाको नयाँ देखिएको भेरियन्टमा प्रभावकारी काम गर्न नसक्ने भएपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

हालसम्म कोरोनाको यो नयाँ भेरियन्ट बोत्सवाना, दक्षिण अफ्रिका र हङकङमा गरी ५९ जनामा देखिएको बताइएको छ ।


 ६ देशका उडान प्रतिबन्ध


यूकेका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रबार मध्याह्न १२ बजेदेखि ६ देशहरूलाई रातो सूचीमा राखेर उडान प्रतिबन्ध लगाउने बताएका छन् भने ती देशबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने पनि मन्त्री जावेदको भनाई छ ।


मन्त्री जावेदका अनुसार दक्षिण अफ्रिका, नामिबिया, लेसोथो, बोत्सवाना, इसवाटिनी र जिम्बावेका फ्लाइट शुक्रबार राति १२ बजेदेखि आइतबार ४ बजेसम्मका लागि उडान स्थगित गरिएको छ ।

बेलायती स्वास्थ्यमन्त्री शाजिद जावेदले ट्वीट गर्दै भनेका छन्, ‘हामीले नयाँ भेरियन्टको अनुसन्धान गर्दैछौँ । थप तथ्यांकको आवश्यकता छ । हामी अहिले सावधानी अपनाइरहेका छौँ । उनका अनुसार ६ वटा वटा अफ्रिकन देशहरु रातो सूचीम राखिनेछन् र आउने यात्रुहरुले क्वारेन्टाइनमा बस्नुपर्नेछ ।’

विश्व स्वास्थ्य संगठनका विज्ञहरू भने देखिएको नयाँ कोरोनाको भेरियन्टबारे छलफल गर्न दक्षिण अफ्रिकी अधिकारीहरूसँग शुक्रबार बैठक बस्दैछन् । यदि यो भेरियन्ट ‘अफ इन्ट्रेस्ट’ वा ‘भेरियन्ट अफ कन्सर्न’को रुपमा पुष्टि भए यसलाई ग्रिक नाम दिइने बताइएको छ ।

दैनिक २०० को हाराहारीमा यो कोरोनाका नयाँ भेरियन्ट बिहीबार २ हजार ४६५ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment