इलामको चाँपगैरीमा धारीलो हतियार प्रयोग गरि भाईद्वारा दाजुको हत्या


इलाम, २९ कार्तिकः इलामको चाँपगैरीमा भाईले दाजुको हत्या गरेका छन् । सन्दकपुर गाउँपालिका १ चाँपगैरी वस्ने वर्ष ३० का चक्र मुखियाले आफ्नै दाजु इच्छा मुखियालाई धारीलो हतियार प्रयोग गरि आज साँझ ६ः४० को समयमा हत्या गरेका हुन । 

आफ्नै काका मान वहादुर मुख्याको घरमा मादक पदार्थ सेवन गरेर वसिरहेको वेला विवाद भए पछि दाजुलाई धारीलो हतियार (चक्कु) प्राहार गरेर हत्या गरेका हुन । हत्याका आरोपी चक्र मुखियालाई अहिले प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलाममाले जनाएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment