इलामको कन्याममा भेन दुर्घजना हुँदा दुईको मृत्यू, आठ जना घाईते


इलाम  मंसिर : मेची राजमार्गको हर्कटे फिक्कल सडक खण्डको कन्याममा भेन दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सूर्योदय नगरवपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ज ३३०७ नम्वरको अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा ९ जना घाइते हुनु भएको थियो । 

घाइते मध्ये दुईको झापाको बिएडसी अस्पतालमा मृत्यू भएको छ । कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई ३ का भरत घिमिरे र माईजोगमाई ४ का रामप्रसाद तिमिसनाको मृत्यू भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले जानकारी दिनुभयो । 

चालकलाई सामान्य चोट लागेको छ । अन्य घाइत हरुको नामथर खुलेको छैन । अन्यको उपचार भइरहेको छ । केहीको अवस्था चिन्ताजनक रहेको पनि बताइएको छ । 

घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले बताउनु भयो । घटना दिउशो साढे ३ तिर भएको हो । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment