तामझामका साथ उद्घाटन गरिएको इलामकाे सोयाक खानेपानी आयोजना अलपत्र,खानेपानीकाे चरम समस्या भाेग्दै स्थानिय



इलाम : विकास निर्माणका नाममा स्थानिय तहले जथाभावी खर्च गर्दा राज्यको करोडौं लगानी त्यसै खेर गएको छ । यथेष्ट अध्ययन बिनै सस्तो लोकप्रियताका लागि गरिने यस्ता कार्यले जनता समेत आजीत भइसकेका छन् । देशभरका धेरै स्थानिय तहमा बेतिथी बढीरहँदा इलाम नगरपालिका पनि यसबाट अछुतो रहन सकेको छैन ।

इलाम नगरपालिका ११ सोयाकमा निर्माण गरिएको करोडौं लगानीको खानेपानी आयोजना अहिले अलपत्र अवस्थामा छ । निकै तामझामका साथ उद्घाटन गरिएको सोयाक खानेपानी आयोजनाबाट स्थानियले ठुलो आश गरेका थिए । उद्घाटको क्रममा नगरप्रमुख महेश बस्नेतले पानीको समस्या दिर्घकालीन रुपमा समाधान गरेको बताए ।

नगरप्रमुख महेश बस्नेतले यति भनिसक्दा नसक्दा उपस्थित स्थानिय हर्सले गदगद मात्र भएका थिएन्न गाँउ नै गुन्जने गरि ताली पिटेका थिए । तर त्यो उत्साह धेरै टिकेन । ३ महिना नवित्तै स्थानियबासी एकाएक निराश बन्न पुगे डिप बोरिङ मार्फत निकालिएको पानी उनीहरुले राम्ररी पिउन समेत पाएनन् । अहिले डिप बोरिङले कामै गर्न छाडेपछि हरेक घरमा जडान गरिएका धारा सुख्खा छन् ।

खानेपानीको जोहो गर्न स्थानियलाई निकै सास्ती मात्र भएको छैन त्यहाँका अधिकाशं नागरीकले खानेपानीकै सम्स्याका कारण बसाईसर्ने मनस्थिति बनाइसकेको स्थानिय महिला उमा सोरालीको भनाई छ । पहाडको डाँडामा रहेको यो गाउँ सुख्खा ग्रस्त क्षेत्र हो । खानेपानीको चरम अभाव भएपछि धेरै गाउँले यो क्षेत्रबाट विस्थापित भए । बसाईसराई रोक्न भन्दै नगरपालिकाले डिप बोरिङ मार्फत खानेपानीको योजना बनायो । जसका लागी नगरले करिब अढाई करोड खर्च गर्यो । यति ठुलो रकम खर्चिदा समेत खानेपानी नपाएपछि चिन्तित मात्र बनेका छैन्न चुनाबमा नेता के भन्दै भाेट माग्न अाउछन त्याे पर्खेर बसीरहेकाे अर्का स्थानिय पदम राना मगरले बताए ।


उता पानी जम्मा गर्न निर्माण गरिएका हजारौ लिटरका ट्याङकी रित्ता छन् । आयोजना संचालन र रेखदेखका लागि बनाइएको कार्यालय झाडीमा परिणत भएको छ । सडकको कुनामा गाडिएको डिप बोरिङका मेशिन कुन अबस्थामा छ यसै भन्न सकिने अबस्था छैन । स्थानियका अनुसार प्राविधिक सर्बे अनुसार डिप बोरिङ नगरिएको बताउँछन् । ठेक्का मार्फत गर्नु पर्ने काम उपभोक्ता समिति मार्फत गरिएको भन्दै महालेखापरिक्षकको प्रतिवेदनले समेत यो आयोजनामाथि प्रश्न उठाएको छ । विशेष अनुदान सम्वन्धी कार्यविधिलाई लत्याएको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले आह्वान गरेको टेन्डरमा कसैले पनि इच्छा नदेखाएपछि अन्नत उपभोक्ता समिति मार्फत नगरले काम गराएको थियो ।

डिप बोरिङ असफल भएपछि नजिकैकोे खोल्सीबाट लिफ्टीङ गरेर केही घरपरिवारलाई पानी वितरण गरिएको छ । तर उक्त पानी पनि समयमा स्थानियले पाउँदैनन् । पानीको मुहानमा घेराबारा नहुँदा उनीहरु दुषित पानी पिउन बाध्य छन् । उता खोल्सीबाट लगिएकाे पानी २०५० देखि अन्य उपभोक्ताले उपभोग गरीरहेका थिए । उक्त पानी  लिफ्टीङ गरिएपछि खानेपानी मुहान मुनिका उपभोक्ता टाढाबाट पानी बोकेर खान बाध्य भएका छन । संघिय सरकारबाट अनुदान मार्फत दुई करोड २४ लाख र बाँकी इलाम नगरपालिका साथै उपभोक्ता समिति मार्फत गरी जम्मा दुई करोड ४७ लाख रुपैयाँको लागतमा यो खानेपानी आयोजना आर्थिक बर्ष २०७६÷७७मा निर्माण सम्पन्न गरिएको थियो ।

नया बुलन्दबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment