उखुबारीमा भेटिएका दुवै शवको पहिचान खुल्यो, हत्याकाे कारण खुलेन


विराटनगर १६ माघ । केही दिनअघि उखुबारीमा गाडिएको अवस्थामा फेला परेका दुवै शवको पहिचान खुलेको छ । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाडलमा गाडिएका ती दुई व्यक्ति एक अर्काका साथी रहेको खुलेको हो । तर उनीहरूकाे हत्या कसले र के कारणले गरेकाे हाे भन्ने खुल्न सकेकाे छैन ।

बिहीबार एक शवको पहिचान खुलेको थियो । धरान उपमहानगरपालिका– ३ घर भई पछिल्लो समय भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ रहेको उनको उक्त मृतकको साथमा रहेको कागजातबाट खुल्न आएको थियो । तर अर्का मृतकको पहिचान भने आइतबार मात्र खुलेको हो ।
मोरङ प्रहरीले गत बुधबार राति र बिहीबार दिउँसो ती दुवै शवको उत्खनन गरेर निकालेको थियो । बिहीबार निकालिएको शव राजेन्द्रकुमारको थियो, उनका आफन्तले शव बुझेर शुक्रबार नै सतगद गरिसकेका छन् । बुधबार राति भेटिएको शव भने सप्तरीको शम्भुनाथ नगरपालिका– ४ घर भई पछिल्लो समय काठमाडौँमा बस्ने गरेका शम्भु चौधरीको रहेको खुलेको हो । मृतकको शारीरिक बनावट तथा घटनास्थलमा भेटिएका लत्ता–कपडाको मृतकका आफन्तले उक्त शवको पहिचान गरेका हुन् ।
दुवै मृतक साथी रहेको र एकै समयमा सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । उनीहरु दुवैजना जग्गा कारोबारमा संलग्न रहेको खुल्न आएको छ । उनीहरु दुवै जना गत मंसिर पहिलो साता काठमाडौँबाट पूर्वतर्फ लागेको बताइएको छ । कुनै लेनदेनमा विवाद भएर उनीहरुको एकैसाथ हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप तथ्य अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment