कार्यकर्ता भेट्दै इलाम प्रदेश सभा नेतृत्व


इलाम : नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र न १ क ले इलाम नगरपालिका १० मा कार्यकर्ता भेटघाट तथा धन्यवाद ज्ञापन  कार्यक्रम सम्पन्न गरेको छ । 


नेपाली काङ्ग्रेस प्रदेश न १ कि सदस्य हरिकला गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी नेता कार्यकर्ताले गुटबन्दी अन्त्य गरेर चुनावमा लाग्न आग्रह गरे । 
नेता गौतमले अधिवेशन सकिएकोले गुट बिर्सेर योग्यताको आधारमा जिम्मेवारी दिएर स्थानीय तहको चुनावमा ध्यान केन्द्रित गर्नु पर्ने बताईन । 
प्रदेश सभा क्षेत्रीय सभापति मैयाँ लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा  प्रदेश सभा उपसभापति ज्ञान बहादुर राई,क्षेत्रिय प्रतिनिधि बासुदेव अधिकारी वडा सभापति ओमनाथ प्रधान, पुर्व वडा सभापति चेतनाथ न्यौपाने  लगायतले एमसिसिको विषयमा काङ्ग्रेसको भुमिका रणनीतिक हुनु पर्ने सुझाव दिए । 
प्रदेश सभाले  फागुन १५ गते सन्दकपुर गाउँपालिका, फागुन २१ गते सूर्योदय नगरपालिका र फागुन २९ गते माईजोगमाई गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेको समितिका सचिव मनोज लाप्चाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment