मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एकजना पक्राउ


वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ निवासी २० वर्षीय ईरफान देवान रहेका छन् ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले शंका लागि शोधपुछ गर्ने क्रममा ना १६ प ६५९५ नम्बरको यामाहा मोटरसाइकलमा सवार आरोपित ईरफानले उक्त मोटरसाइकल चोरेर ल्याएको बताएका थिए ।

उनले वीरगञ्ज महानगरपालिका–१९ निवासी अनिल साहले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको अवस्थामा लक तोडेर चोरी गरी भाग्दै गरेको अवस्थामा भेटिएको थप अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

ईरफानविरुद्ध चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment