टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोटः फाइलको लागि नेपाल र युएईको भिडन्त, कुन टीम कति वलियो


इलाम, १० फागुनः आईईसीसी टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा आज नेपाल र युएईको खेल हुँदै । यी दुईटीम आज फाइलको लागि भिड्ने छन् । नेपाल टि–२० आइसिसि  र्‍याङ्कीमा १२ औँ नम्वरमा रहेको छ भने युएई १४ औँ नम्बरमा रहेको छ ।  


समूह चरणमा नेपाल समूह वीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने युएई समूह ए को उपविजेता बन्दै सेमिफाइनलको लागि क्वलिफाइ  भएको हो । नेपालले समूह चरणमा ओमानलाई ३९ रनले, फिलिपिन्सलाई १३६ रनले र क्यानाडालाई ८ विकेटले पराजित गरेको थियो । यता युएइ भने बराईनसँग २ रनले पराजित भएको थियो भने जर्मनीलाई २४ रन र आयरल्यान्डलाई १८ रनले हराएको थियो । 
यि दुई टीमको पछिल्लो भेटमा युएईले नेपाललाई २५ रनले हराएको थियो । पछिल्ला ४ खेलमा नेपाल २ खेलमा विजेता बनेको छ भने दुई खेलमा हार वेहोरेको छ । नेपालका लागि यो श्रृंखलामा कुशल भुर्तेलले तीन खेलमा एक सतक सहित १४१ रन बनाएका छन भने अर्का व्याट्समेन दिपेन्द्र सिं एरीले १२१ रन बनाएका छन तीन खेलमा उनको सर्वाधिक स्कोर ८३ हो । 
युएईका व्याट्समेन वृत्य अरविन्दले श्रृंखलाकै सर्वाधिक रन बनाएका छन् उनले ३ खेलमा २२१ रन बनाएका छन् । नेपालका लागि सर्वाधिक विकेट कप्तान सन्दिप लामिछानेलो निकानलेका छन् उनले तीन खेलमा ८ विकेट निकालेका छन् यो श्रृखलाको सर्वाधिक विकेट हो । युएईको भने कासिफ दाउदले ५ विकेट निकालेका छन् । नेपालका अभिनाश वोहोरा, युएईका रोहन मुस्तफा र कार्तिक मयप्पनले समान ४÷४ विकेट निकालेका छन् । 
यसरी हेर्नेहो भने नेपालले वलिङको भरमा श्रृंखलामा जीत निकालेको देखिन्छ व्याटीङपनि राम्रो देखिएको छ तर युएर्ई सँगको खेलमा नेपालले धेरै नै परिश्रम गर्नु पर्ने देखिन्छ । नेपालका सन्दिपबाहेक अन्य वलरले त्यतीराम्रो साथ दिएको देखिन्न । यता युएईले भने अरविन्दको व्याटिङको भरमा जीत निकालेको देखिन्छ उनलाई चाँडै आउट गर्नेहो भने युएई समस्यामा पर्न सक्छ । 
टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोटको लागि यो खेलमा दुवै टोलीलाई जीत निकल्न जरुरी रहेको छ । 
नेपाल र युएई विच १० दिन अधि १२ फेब्रेवरीमा भएको खेलमा युएईले नेपाललाई २५ रनले हराएको थियो जसका कारण नेपाल विरुद्ध युएईको मनोवल उच्च रहेको छ । यता नेपाल पनि यो श्रंखलाको अपराजित यात्रालाई कायम राख्दै टि–२० विश्कपमा आफ्नो स्थान सुरक्षित बनाउँन चाहान्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment