भुर्तेलको सानदार सतकमा नेपालले राख्यो फिलिपिन्स सामु २१९ रनको लक्ष्य


इलाम, ७ फागुनः आइईसीसी टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा नेपालले फिलिपिन्स सामु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह बी अन्तर्गत आज नेपालले टस हारेर व्याटिङको निम्तो पाएको थियो । नेपालले निर्धारिच २० ओभरमा कुशल भुर्तेलको सतकमा तीन विकेटको क्षतिमा २१८ रन बनाएको हो । नेपालका लागि सतकिय पारी खेलेका भुर्तेलले ६१ बलको सामाना गर्दै १३ चौका र १ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका थिए । 
त्यस्तै अर्का ओपनर असिफ शेख भने शुन्य रनका आउट भएका थियो शेख आउट हुँदा नेपालको स्कोर ९ रन रहेको थियो । दोस्रो ओभरको पहिलो वलमा शेख आउट भए पछि आएका कुशल मल्लले पनि राम्रो व्याटीङ गर्न सकेनन उनी चौथो ओभरको दोस्रो बलमा व्याक्तिगत  १२ रनको स्कोरमा आउट भए । 
मल्ल आउट भए पछि आएका दिपेन्द्र सिं एरीले भने आक्रमक शुरुवात गदै ४७ वलमा ६ चौका र ४ छक्काको मद्दतले ८३ रन बनाउँदै १८.५ ओभरमा आउट भए त्यस वेला नेपालको स्कोर २०७ रन रहेको थियो । 
लोकेश वमले भने ३ वलको सामाना गर्दै १ छक्काको मद्दतमा ६ रन बनाए । 
फिलिपिन्सको वलिङ धरैनै फितलो देखियो फिलिपिन्सका तर्फबाट डेनियल स्मित, मिग्गी पोडोस्गी र गुरभुपिन्दर चौहानले समान १÷१ विकेट निकालेका थिए । अव जितका लागि फिलिपिन्सले २१९ रन बनाउनु पर्ने छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment