मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


महोत्तरी १२ चैत्र । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
प्र–२–०२–००३ प ७८७५ नंको मोटरसाइकलमा चढेर जनकपुरबाट जलेश्वर जाँदै गरेको अवस्थामा तीव्रगतिका कारण आफै अनियन्त्रित भई जिल्लाको पिपरा गाउँपालिका–५ चाँदनी चोक नजिकै दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उपेन्द्रको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment