साँखेजुङ गोल्डकपको उपाधि रेड हर्स इलामलाई


इलाम, ११ चैत्रः इलमको साँखेजुङको नेपालटारमा सञ्चालीत दोस्रो साँखेजुङ गोल्डकपको उपाधि इलामको रेडहर्स फुटबल क्लवले आफ्नो पोल्टामा पारेको छ । गोल्डकपमा आज नेपालटार माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा  रेड हर्स फुटबल क्लबले रत्न गिरी टुर एण्ड ट्रावल्स पशुपतिनगरलाई २–१ ले हराउँदै उपाधि चुमेको हो ।

आजको खेलको मेन अफ दि म्याच रत्न गिरीका सचिन यल्मो भए ।

प्रतियोगिताका , टप स्कोरर् रत्न गिरीका शेखर राई उनले प्रतियोगितामा  ४ गोल गरेका थिए । प्रतियोगितामा प्लेयर अफ दि टुर्नामेन्ट रेड हर्सका  सौरव सुवेदी  भए । 

वडा खेलकुद विकास समितिको आयोजनामा हुनलागेको गोल्डकपलाई वडा कार्यालयले २ लाख ५० हजार सहयोगमा सञ्चालित प्रतियोगितामा  विजेताले १ लाख २२ हजार २२२ रुपयाँ, मेडल तथा ट्रफि पाउने छ भने उपविजेताले ७० हजार २२२ रुपिया मेडल तथा ट्रफि पाएको  आयोजक समितिका उपाध्यक्ष कुबेर लुईटेलले वताए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment