ट्रकको ठक्करबाट बिर्तामोडका संयम बजगाईको मृत्यु


बिर्तामोड । आइतबार राति बिर्तामोडको राम चोकमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने बिर्तामोड २ बेलडाँगी निवासी ३२ वर्षीय संयम बजगाई रहेका छन् ।

राति ८ बजेतिर पूर्वतर्फ आउँदै गरेको ना. ६ ख ६४५६ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा. १५ प ८२०२ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बजगाई घाइते भएका थिए ।घाइतेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक आफूहरुको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment