नेपाली कांग्रेसले तय गर्‍यो अफ्नो भागमा परेका सवै पालिकाका प्रमुख तथा उप–प्रमुखका उम्मेद्वार


इलाम, १२ बैशाखः बैशाख ३० गते हुने स्थानी निर्वाचनको लागि नेपाली कांग्रेसले गठबन्धमा परेका आफ्ना उम्मेद्वारको तय गरेको छ । नेपाली कांग्रेसले इलाम नगरपालिकाको प्रमुखमा केदार थापा, उपप्रमुखमा विष्णु कुमारी दहाल लिम्बु, देउमाई नगरपालिका प्रमुखमा होम दुलाल, माङसेवुङ गाउँपालिका अध्यक्षमा डिकेन्द्र इदिङ्गो, सन्दकपुर गाउँपालिका अध्यक्षमा तुलाराम गुरुङ, रोङ गाउँपालिकामा अध्यक्षमा मणिकुमार स्याङबो (सुवास), फाकफोकथुम गाउँपालिका अध्यक्षमा डिकबहादुर थापा र चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ तय गरेको छ ।

त्यस्तै आफ्नो भागमा परेको उपप्रमुखमा सूर्योदय नगरपालिका उपप्रमुखमा दुर्गा बराल, रोङ गाउँपालिका उपाध्यक्षमा चन्द्रकला राई, माईजोगमाई गाउँपालिका उपाध्यक्षमा प्रविणा रार्ई, माई नगरपालिका उपप्रमुखमा हेम बहादुर लिम्बुलाई उम्मेद्वार बनाउँने निर्णय गरेको हो । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment