७२ औं आइसीसीआर स्थापना दिवस काठमाडौँमा मनाइयो


काठमाडौँ– भारतीय राजदूवासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ७२ औं भारतीय सांस्कृतिक सम्बंध परिषद (आइसीसीआर) स्थापना दिवस मनाएको छ ।
काठमाडौंको नक्सालस्थित होटल मेरियटमा यही २६ गते आयोजित सो कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला, बलिउड अभिनेत्री मनीषा कोइराला तथा नेपालका आइसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको उद्घाटन नियोग उप–प्रमुख नामग्य खम्पाले गरेका थिए ।
उक्त अवसरमा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए ।
अभिनेत्री मनीषा कोइरालाले पनि कार्यक्रममा आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिदा बटुलेका अनुभवहरु सबैसँग साटिन् । कार्यक्रममा विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
साथै, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment