लेटाङ्गमा आफ्नै छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक कारागार चलान


इटहरी, बैशाख ६: फागु पुर्णिमाको दिन होली खेल्ने मौका पारेर आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन  दुर्व्यवहार गर्ने लेटाङ्ग नगरपालिका वडा नम्बर ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेल कारागार चलान भएका छन् ।
एक महिला प्रहरीको ज्यानै जानेगरी हिँशा भड्काउने घटनाको सुरुवात गर्ने पौडेललाई जिल्ला अदालत मोरङ्गले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी पौडेललाई न्यायाधिश दुर्गा खड्काको इजलालसले थुनामा राख्न आदेश दिएको हो ।
छात्रालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरीएपछि उनै पोडेललाई पक्राउ गर्न आएको प्रहरी टोलीमाथी स्थानीयले अन्धाधुन्ध आक्रमण गर्दा गोली लागी महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो भने २९ जना अन्य प्रहरीहरु घाइते भएका थिए ।
मृत्यु भएकी उर्मिलालाई भिडले गोली प्रहार गरेको उर्मिलाको पोष्टमाटम रिपोर्टले बताएको छ भने पाँच दर्जन भन्दा बढि पक्राउ परिसकेका छन् । पुपक्षका लागि थुनामा राख्न आदेश गरिएको शिक्षक पौडेललाई भने प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment