माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

२५ बैशाख २०७९, आईतवार


गुल्मी । आइतबार दिउँसो गुल्मीको छल्दीखोलामा माछा मार्ने क्रममा एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ का ४९ वर्षीय ज्ञानकुमार कुमालको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहलले गाई चराउँदै छल्दीखोलामा माछा मार्न थालेका कुमालको डुबेर मृत्यु भएको र पोष्टमार्टमका लागि उनको शव सदरमुकामको गुल्मी अस्पतालमा ल्याइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment