चार जना म्यादी प्रहरीको मृत्यु, आचरण विपरीत गतिविधि गर्ने ४८ जना बर्खास्त

 २६ बैशाख २०७९, सोमबार मा प्रकाशित



काठमाडौ, आसन्न स्थानीय तहको चुनावको सुरक्षामा खटिएका ४ म्यादी प्रहरीको मृत्यु भएको छ। दुई जनाको लडेर मृत्यु भएको हो। एक जना मृत भेटिएको र अर्काले भने आत्महत्या गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले जानकारी दिए। ​​
यही वैशाख ३ गते घरबाट कार्यक्षेत्रमा फर्किने क्रममा नुवाकोटमा भीरबाट लडेर बेलकोटगढी नगरपालिका १२ सतारेका २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको हो। यस्तै वैशाख ८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ मा खटिएका ४० वर्षीय दुर्गासिंह बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो।
सोही नगरपालिका ७ स्थित मेलचौरमा प्रशिक्षणमा सहभागी हुने क्रममा चौतारा–नवलपुर सडक खण्डको डिलबाट खसेर मृत्यु भएको हो।
हुम्ला सर्केगाड गाउँपालिका–६ घर भएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया वैशाख १५ गते सिमकोटको माथिल्लो बजारमा मृत भेटिएका हुन्। यस्तै, सिन्धुपाल्चोककी एक महिलाले विष खाएर आत्महत्या गरेकी हुन्।
आचरण विपरीत गतिविधि गर्ने ४८ जना बर्खास्त
वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा एकैपटक हुन लागेको निर्वाचनको सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो। तीमध्ये ४८ जनालाई कारबाहीस्वरूप बर्खास्त गरिएको छ।
उनीहरूले आचरण विपरीतका गतिविधि गरेका कारण केहीलाई बर्खास्त गर्नेदेखि केहीलाई कानूनी कारबाहीका लागि हिरासतमा पनि राखिएको प्रहरीले जनाएको छ। एसएसपी केसीका अनुसार सामाजिक सञ्जालको दुरुपयोग, मादक पदार्थ खाने र तोकिएको समयमा उपस्थित नहुने म्यादी प्रहरीलाई कारबाही गरिएको हो।
४० दिनका लागि निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीले प्रहरी जवानसरहको सेवासुविधा पाउने व्यवस्था छ।-थाहाखबरबाट


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment