यौन दूर्व्यवहारको आरोपपछि फरार रहेका सर्वनाम शिक्षालयका वार्डेन बस्नेत रामेछापबाट पक्राउ

२१ जेष्ठ २०७९, शनिबार


काठमाडौं । आफ्नै स्कुलका छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् ।

घटनापछि फरार रहेका आरोपित बस्नेतलाई शनिबार रामेछापबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा पक्राउ गरेको हो ।

पक्राउपश्चात आरोपित बस्नेतलाई काठमाडौं ल्याउँदै गरिएको प्रहरीले जनाएको छ । सर्वनाम शिक्षालयका छात्राहरुले आफ्ना अभिभावकहरुलाई वार्डेन बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएको सुनाएपछि शनिबार अभिभावकहरु होस्टेल घेरेका थिए । अभिभावकहरुले होस्टेलमा नाराबाजीसहित दोषीलाई अनुसन्धान र कारबाहीको माग गरेका थिए ।

अभिभावकको नाराबाजीपछि होस्टेलमा पुगेको प्रहरीले आरोपित बस्नेतलाई भेटाएको थिएन । आरोपितलाई फेला नपारेपछि शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी उनकी पत्नीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment