ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२६ जेष्ठ २०७९, बिहीबार


धादिङ । यहाँको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिबेँसी नगरपालिका–६स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका–५स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नं को ट्रकको ठक्करबाट सख्त घाइते विकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment