नारायणगढ-मुग्लिन सडककाे पहिराे हटाउने क्रम जारी, वर्षाले झन कठिन

२६ जेष्ठ २०७९, बिहीबार

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । बुधबार राति चितवनको इच्छाकामना– ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । बिहान पनि सोही पहिरोमाथि झन् ठूलो पहिरो खसेको छ ।
सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास जारी रहेको छ । तर पनि वर्षा भइरहेका कारण पहिरो हटाउन कठिन रहेको जनाइएको छ । तर पनि सडक खाेल्ने प्रयास निरन्तर जारी रहेकाे जनाइएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment