इलामको देउमाई नगरपालिकाबाट ब्राउन सुगर सहित २ जना पक्राउ


इलाम, २७ जेष्ठः इलामको देउमाई नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले दुई  जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका ७ का  शम्भु लिम्वु र माई नगरपालिका ८ का सुमन लिम्बु रहेका छन् । 
उनीहरुलाई बुधबार साँझ नेपालटार मंगलबारे सडक खण्डमा चेकजाँचको क्रममा पक्राउ गरेको हो । चेकजाँचको क्रममा उनीहरुले प्रयोग गरेको मोटरसाईकल प्रदेश १–०३–००१ र को १३ प २१६६ नम्बरको मोटरसाइकल र उनीहरुको साथमा रहेको ३ ग्राम  ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको हो । 
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाम ल्याएर विहीबार अदालतबाट म्यादथप गरि अनुशन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment