विना अध्ययन इलामको रोङमा गाउँपालिकाले सडक निर्माण गर्दा पहिरोको कारण विद्यालयको भवन जोखिममा

  • गोबिन्द पौडेल 


रोङ,  २७ जेष्ठः  पहिरोकोको कारण इलामको रोङ गाउपालिकामा एक विद्यालयको भवन जोखिममा परेको छ ।

बर्षयाम शुरुहुनलाग्दै गर्दा इलामको रोङ गाउपालिका वडा नं ५ मा रहेको मालबासे आधारभूत विद्यालयको भवन नजिकैबाट पहिरो खस्न थालेपछि विद्यालयको भवन नै जोखिममा परेको हो । बिगतको बर्षमा निमार्ण गरेको वाटोले विद्यालयभवन संभब्य जोखिममा देखिएपछि रोङ गाउपादिकाले रु २ लाखको  संरक्षण योजना बनाएर सत्रवटा तारजाली लगाएर रोकथामको प्रयास गरेको भए पनि अहिले नियन्त्रणको कामहुदै गर्दा गत २५ गते पहिरोले बिद्यालउको कम्पाउन्ड र वरन्डालाई समेत छोएको कारण उक्तभवन पूर्ण जोखिममा रहेको विद्यालयका शिक्षिका कृष्ण कार्की भण्डारीले बताइन । 

शिक्षिका भण्डारीका अनुसार करिव २२ मिटर जति  क्षेत्रमा पहिरो जादा विद्यालयको गत बर्ष १७ लाखमा निमार्ण भएको दुइ कोठे भवन सहित अर्को पूरानो भवनलाई समेत असर गरेको छ ।  अन्य विद्यालय नजिकमा नरहेको कक्षा ५ सम्म संचालित सो बिद्यालयमा अहिले ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment