नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

१५ भाद्र २०७९, बुधबार


काठमाडाैँ । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए । निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment