इलाम अस्पतालमा निःशुल्क बिरामी जाँच्दै डा केसी


इलाम । डाक्टर गोविन्द केसीले आजदेखी इलामबाट जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेका छन् । आइतबार ताप्लेजुङबाट इलाम आएका केसीले इलाम अस्पताल मार्फत हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । इलाममा उनले २० दिनसम्म सेवा दिने बताएका छन् । शहरमा भएका ठुला अस्पतालमा ग्रामिण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण ताप्लेजुङ, इलाम लगायतको पहाडी जिल्लामा सेवा दिएको उनले बताए ।
केसीले इलाममा उपचार दिन थालेपछि जिल्लाका ग्रामिण क्षेत्रबाट पुराना हार्डजोनी सम्वन्धी बिरामीहरु समेत इलाम बजारमा आएका छन् । दैनिक ५० जनासम्म विरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप वढेपछि अबेरसम्म बिरामी जाँच गरेको उनले बताए । डा केसीले आगामी भदौ १० गतेसम्म इलामबाट निशुल्क सेवा दिने जनाइएको छ ।
इलाम अस्पतालले उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने ब्यवस्थापक क्षितिज खतिवडाले बताए । डा केसीलाई आवश्यक सहयोग सहित सुरक्षा गार्डको समेत ब्यवस्था गरेको खतिवडाले बताए । शिक्षण अस्पतालमा २७ बर्ष काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीहरूलाई उपचार र औषधि उपलब्ध गराएका छन् ।
२०७५ पुष २५ गते मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा लगायतको माग राख्दै १६ औ अनसन इलामबाट थालेका थिए । उनको अनसन २४ दिनसम्म चलेको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन उनलाई हेलिकप्टरबाट काठमाण्डौ लगेर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment